सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेकी शान्नि त्रिवेणी गाउँपालिका निवासी दाना कामिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
बिहीबार सुत्केरी व्यथा लागेर मेहलमुडी बर्थिङ सेन्टरमा छटपटाई रहेकि ३१ वर्षीय कामिलाई प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, गाउँपालिका उपाध्यक्ष पार्वती सिंहको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम मार्फत हेलिकप्टर मार्फत उद्धार गरिएको उपाध्यक्ष सिंहले बताइन।
अहिलेसम्म तीन वटा केश रिफर गरि सुत्केरी आमाको ज्यान जोगाएको बताइन। सुत्केरीको सुर्खेत रिफर गरिएको हो।सुत्केरी दानाको दुई वटा बच्चा रहेको र बच्चा उल्टो अवस्थामा पेटमा रहेको रास कोट अस्पतालले जनाएको छ।
प्रकाशित: २२ वैशाख २०८० १२:५६ शुक्रबार