६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हात्ती आक्रमणमा ज्यान गुमाएका भट्टराईको परिवार किरिया खर्च ५० हजार

गत बैशाख ९ गते हात्ती आक्रमणमा परी ज्यान गुमाएका भिमबहादुर भट्टराईको परिवारले १२ दिनपछि किरिया खर्च पाएका छन्।

बुधबार अपरान्ह किरिया खर्च बापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको जिल्ला वन कार्यलयका प्रमुख  मेघराज राईले बताए।

'किरिया खर्च बापतको ५० हजार अहिले हस्तान्तरण गर्यौ, बाँकी साढे ९ लाख रुपैयाँ अरु पकृया पुरा भएपछि उपलब्ध गराउनेछौं' उनले भने।

झापा बुद्धशान्तिमा गत बैशाख ९ गते बिहान  मकैबारीमा हात्तीको आक्रमणमा परी भट्टराईको ज्यान गएको थियो।

१४ जङ्गली जनावरको आक्रमणमा परी ज्यान गुमाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप १० लाख दिने व्यवस्था छ।

प्रकाशित: २१ वैशाख २०८० ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App