१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

विश्व हिन्दु महासंघमा विवाद: चुनाव रोक्न अल्कालिन आदेश

विश्व हिन्दु महासंघको नेतृत्व विवाद अदालत पुगेको छ। विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुगे पनि अर्को समुह त्यसलाई स्विकार गर्न तयार नभएपछिको विवाद अदालत पुगेको हो।

विश्व हिन्दु महासंघको विधि अनुसार आफु नै कार्यवाहक अध्यक्ष भएको र सोही कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने व्यवस्था रहेको भन्दै भण्डारी चक्रबन्धु अर्यालविरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन्। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले मंगलबार बिहीबारका लागि तोकिएको निर्वाचन अधिवेशन नगर्न आदेश जारी गरेको छ। अहिलेको अवस्थालाई यथास्थितामा राख्न आदेश दिंदै उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।

साथै निवेदक अस्मिता अन्तरिम आदेश मा गरेको सम्बन्धनमा विपक्षीहरुलाई समेत सुनुवाईमा सरिक गराइ निर्णय गर्नुपर्ने देखिएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘सो प्रयोजनका लागि मिति मिति २०८० वैशाख २७ गतेको पेशी तोकी सो को सूचना विपक्षीहरूलाई समेत दिनुहोला।’

कार्यवाहक अध्यक्ष भण्डारीले निश्चित उद्देश्य प्राप्तिका लागि एउटा विधि र प्रक्रियाबमोजिम स्थापित संस्था भएको जनाएकी छन्। विशिष्ट भावना र गहन जिम्मेवारी बोकेको महासंघलाई विवादमा ल्याउने, आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले भनिन्, ‘तर संस्थाको वृहत्तर हितलाई ध्यान दिँदै आएका यसका अधिकांश सदस्यहरूको उच्च योगदान र भूमिकाका कारण महासंघको आकासमा यदाकदा मडारिएका कालो बादलहरू आफैँ बिलाउँदै गएका छन्।’

पछिल्लो दिनमा केही सीमित व्यक्तिहरूले महासंघको छाप र लेटरप्याडको दुरुपयोग गर्दै महासंघलाई विवादमा ल्याउने काम गर्दै आएको उनले आरोप लगाएकी छन्।

प्रकाशित: २० वैशाख २०८० १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App