७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दाजु बहिनी पक्राउ

विराटनगरबाट २ जना दाजु बहिनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

विराटनगर महानगरपालिका–४ तित्रिगाछीका ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र उनीकी बहिनी ३६ वर्षीया सविना पोखरेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले विराटनगर–३ घर भई हाल हेटौडा बस्दै आएका ६५ वर्षीय गोविन्दप्रसाद नेपाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको बताए।

पक्राउ परेका पोखरेलको घर आँगनमा वैशाख १४ गते बिहान मृतक गोविन्दले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘गोविन्दले पक्राउ परेको घर आँगनमा गएर पेट्रोल छर्केर आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र स्थानीयले आगो निभाउँदै गर्दा प्रहरी पुगी आगो नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेका थियौं। विराटनगरस्थित रेडप्लस अस्पतालमा उपचारका क्रममा १५ गते गोविन्दको मृत्यु भयो।’

पक्राउ परेका पोखरेल दाजु बहिनीविरुद्ध मृतक गोविन्दको परिवारका सदस्यले वैशाख १६ गते आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी प्रहरी कार्यालमा दिएको र त्यसका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। गति पोखरेल घरबाटै पक्राउ परेका थिए। सविना पोखरेल घटना भएपछि फरार भई खोजतलास गर्दा उनलाई झापाको कमल गाउँपालिका–४ बाट पक्राउ गरिएको डिएसपी दाहालले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आर्थिक कारणबाट गोविन्दले पक्राउ परेका दाजु बहिनी पोखरेलद्वयको घर आँगनमा आत्महत्याको प्रयास गरेको देखिएको जनाएको छ। २०७२ सालतिर मृतक गोविन्दसँग दाजु बहिनीले कतिब २२ लाख रुपैयाँ लिएका थिए। मृतक गोविन्दले विभिन्न समयमा उनीहरुसँग रुपैयाँ फिर्ता माग्दै आएको र उनीहरु फिर्ता नदिएको देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट मृतक गोविन्दले आत्महत्याको प्रयास गर्नु अघिले लेखेको सुसाइट नोट भेटिएको बताउँदै, डिएसपी दाहालले भने, ‘आफूले दिएको रुपैयाँ फिर्ता नपाएको र आर्थिक तनाव झेल्नु परेका कारणबाट आफूले पेट्रोल छर्केर आत्महत्या गर्न लागेको लेखेको भेटिएको छ। २ जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको छ।’  

मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० वैशाख २०८० १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App