१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनी मिललाई कर्जा लिएर घर जग्गा कारोबार गर्ने पक्राउ

काठमाडौं- धितोको अत्याधिक मूल्याङकन गराएर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट रकम ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मन्डिखाटार बस्ने ४१ बर्षिय किरण केशर नेपाललाई प्रहरीले सोमबार पानीपोखरीबाट पक्राउ गरेको हो। उनलाई अदालतले तीन बर्ष कैद र नौ करोड एकचालिस् लाख सैतीस् हजार सात सय चौवत्तर रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो। उनी प्रहरीको फरार सूचीमा रहेका थिए। नेपाल राष्ट्र बैंकको पत्रले बादी नेपाल सरकार प्रतिबादी किरण केशर नेपाल समेत भएको बैंकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गते उनलाई सजाँयको फैसला गरेको थियो।

फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पछि नेपाललाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको प्रहरीले जनाएको छ।

उनले २०६७ असार ३१ गते मण्डिखाटार काठमाडौं स्थित आफ्नो नामको ८ रोपनी जग्गाको अत्याधिक मुल्याङ्कन गराई धितो राखि हुँदै नभएको “सिता खाँडसरी चिनी मिल” परियोजनाको लागि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट पैसा झिकेका थिए।  उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा प्राप्त गरेको कर्जा  नौं करोड रुपैयाँ  नेपालले जग्गा कारोबारमा समेत लगानी गरी दुरुपयोग गरेका थिए।

उनी बारेक हालसम्ममा केन्द्री अनुसन्धान ब्यूरोको टोलिले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा(६ बर्ष कैद र १३ करोड ३० लाख जरीवाना), नवराज खत्री(३ बर्ष कैद छ करोड पचास लाख जरीवाना), तुलसाकुमारी धमला(३ बर्ष कैद र २ करोड २० लाख जरीवाना) र भाइकृष्ण खड्का(३ बर्ष कैद र तीन करोड ५० लाख जरीवाना)लाई पक्राउ गरिसको छ।

 

प्रकाशित: २५ माघ २०७३ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App