१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन स्वास्थय विज्ञान प्रतिष्ठान उपकुलपतिमा ३/३ उम्मेद्वारकाे टुङ्गाे

काठमाडाैं– तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन/तीन जना उमेदवारको नाम टुङ्गो लगाइएको छ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको सर्च कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रुपा सिंह, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा बुद्धिबहादुर थापा, डा नीलाम्बर झा र डा डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम टुङ्गो लगाइएको हो ।

कमिटीले टुङ्गो लगाइएको उक्त नाम आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिसका लागि पेस गरिने मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गत पुसमा उपकुलपति बन्न इच्छुक योग्य व्यक्तिलाई १० पृष्ठ लामो कार्ययोजनासहित प्रस्ताव पेस गर्न सूचना सार्वजनिक गरेको थियो।

सूचनाअनुसार पाटनमा पन्ध्र, पोखरामा दश र कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जनाको निवेदन परेको थियो । रासस

प्रकाशित: २१ माघ २०७३ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App