३१ श्रावण २०७७ शनिबार
समाज

गैडाको खाग सहित पक्राउ

काठमाडौं- ललितपुर देवीचौर–७ देउराली बस्ने २३ बर्षीय समिर वाईबा र काभ्रेपलाञ्चोक कानपुर –५ बस्ने २१ बर्षीय निरन लामालाई गैडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ।

                गैंडाको खाग ओसार पसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा  सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१५ कौशलटारबाट गैंडाको खाग १ थान सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाएको जनाएको छ।

प्रकाशित: १८ माघ २०७३ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App