२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बलात्कार आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कार आरोपमा तिलागुफा–१० रानाबाडाका ६७ वर्षीय खाम्मा राना पक्राउ परेका छन्। फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाकी बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो। उनी अपांगता भएका कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ।

‘अपांगता भएकी बालिका बलात्कारमा परेको जाहेरी आएको छ’,जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुवराज बमले भने, ‘सोमबार मुद्दा दर्ता भएको छ।’ उनले बालिका र आरोपितको मेडिकलसमेत गरी सोमबार मुद्दा दर्ता भएको बताए। बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको समेत आशंका गरिएको छ।

बलात्कार मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाका बुबाले नमानेकाले कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो। कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि सोमबार मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया सुरु गरिएको बताए।

यसैबीच बालिका बलात्कार घटना मिलाउन नदिएको आरोपमा स्थानीय अधिकारकर्मीलाई बलात्कार आरोपितका भतिजा जयलाल रानाले कुटपिट गरेका छन्। उनले तिलागुफा– ९ को वडा कार्यालयमा रहेको प्रिन्टर तथा ल्यापटप पनि फुटाइदिएका छन्। चिल्खायाको ठिन्केमा रहेका बालअधिकारकर्मी विक्रम शाही, सरिता शाही र दुर्गबहादुर शाहीलाई जयलालले कुटपिट र गालीगलौज गरेको पीडितले बताएका छन्।

प्रकाशित: १४ वैशाख २०८० ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App