१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

निरा हत्यारा पत्ता लगाउन माग

प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपनमा भएको निरा आचार्यको हत्याको घटनामा दोषी छिट्टै पत्ता लाग्ने बताएका छन्। बुधबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस हत्याको घटनामा केही दिनभित्रै दोषी पत्ता लाग्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

‘प्रहरीले यसमा गम्भीर रूपले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको प्रक्रियालाई आफ्नै गम्भीर विधिद्वारा गहिराइमा पुगेर सत्यतथ्य पत्ता लगाउने प्रक्रिया तीव्र पारिएको छ,’ उनले भने, ‘त्यसैले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने दोषीलाई कानुन र न्यायको कठघरामा ल्याउने विश्वास म व्यक्त गर्न चाहन्छु।’

प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपनमा भएको निरा आचार्यको हत्याको घटनामा दोषी छिट्टै पत्ता लाग्ने बताएका छन्।

कपनको सरस्वतीनगर बस्ने निरा आचार्यको गत ७ गते मातातीर्थ औंसीको दिन दिउँसो पसलभित्रै दिनदहाडै हत्या भएको थियो। धारिलो हतियार प्रहार गरी उनको हत्या भए पनि कसले गरेको हो भन्ने विषय खुलेको छैन। बुधबारको बैठकमा कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा र एमाले सांसद बिजुला रायमाझीले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन माग गरेका थिए।

गत बैशाख ७ गते मातातीर्थ आंैसीको दिन पाण्डेको बिभत्स हत्या भएको थियो। तर, सात दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकिएको छैन सांसद रायमाझीले भनिन्। महामन्त्री थापाले ‘दिनदहाडै घाँटी रेटेर करिब २२-२३ ठाउँमा छुरी प्रहार गरेर उहाँको हत्या भएको छ, सात दिन भयो, उहाँहरू प्रहरी कार्यालय धाइराख्नुभएको छ, मन्त्रालय गइरहनुभएको छ तर ठोस जवाफ पाइरहनुभएको छैन। संर्घषको कार्यक्रम भइरहेको छ, वरिपरिका मान्छेहरू अत्तालिइरहनुभएको छ, प्रहरीलाई भेट्दा अनुसन्धान भइरहेको छ तर विश्वास भइरहेको छैन,’ उनले भने।

गत बैशाख ७ गते मातातीर्थ आंैसीको दिन पाण्डेको बिभत्स हत्या भएको थियो। तर, सात दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकिएको छैन सांसद रायमाझीले भनिन्।

उनले गृहमन्त्रीलाई घटनाको सत्य तथ्य जानकारी दिन र सुरक्षामाथि विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे। उनले सिसिटिभी झुण्डाउनेमात्र हैन त्यसलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे।

प्रकाशित: १४ वैशाख २०८० ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App