४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पहाडी भुभागका एक-दुई स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज पनि देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागका केही सथानमा वर्षाको सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।  

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: १४ वैशाख २०८० ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App