८ वैशाख २०८१ शनिबार
समाज

महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा ११ राउण्ड हवाई फायर

महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले स्थित नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

पीडितलाई न्याय दिन सक्रियता प्रहरीले नदेखाएको भन्दै उग्र प्रदर्शनमा उत्रिएका स्थानीयको ढुङ्गामुङ्गा प्रहारले पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले बताए।

केही दिन अगाडि गौशाला नगरपालिका-४ मल्हनिया पोखरी निवासी २५ वर्षीया आरतीदेवीको मृत्युको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका छन्।

पीडित भनिएका प्रदर्शनकारीले ती महिलाले आत्महत्या नगरेको र तिनको हत्या भएको आरोप लगाउँदै प्रदर्शनमा उत्रेका छन्। प्रहरीले विष सेवन गरेकी भनिएको महिलाका घरका केही व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रण लिएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

अहिले गौशाला नगरपालिकाका जनप्रतिनिधि,प्रहरी र पीडित भनिएका पक्षबीच वार्ता भइरहेको छ। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा जनपथ प्रहरीका २ र सशस्त्र प्रहरीका ३ जना  घाइते भएका महोत्तरी प्रहरीले जनाइएको छ।

प्रकाशित: ११ वैशाख २०८० ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App