भीम माविको ५६ औं वार्षिक उत्वस
दोलखा– भीम मावि बुद्ध चोक भेडपुको ५६ औं वार्षिक उत्सव तथा भीमबुद्ध स्काउट ट्रुप दीक्षान्त समारोहमा मंगलबार ५५ जना विद्यार्थी दीक्षित भएका छन्।
कार्यक्रममा नेपाल स्काउटका प्रमुख आयुक्त, नेपाल स्काउटका केन्द्रीय राष्ट्रिय अायुक्त रविन दाहाल, जिल्ला शिक्षा अधिकारी र नारायण कासीछवालले दाेलखा जिल्लाकाे दुर्गम क्षेत्रकाे सामुदायिक विद्यालयमा स्काउट सञ्चालन गरेर भीम मावि बुद्धचाेकले प्रशंसनीय काम गरेको बताए।
स्काउट शिक्षक सचिन थोकरले दिक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूलार्इ सपथ ग्रहण गराएका थिए। भीममावि स्काउट इकाइ समितिका अध्यक्ष कमल थोकरलगायत अन्य सदस्यहरूलार्इ प्रमुख अतिथिले सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा नेपाल स्टाउटका केन्द्रीय राष्ट्रिय सचिव लोकबहादुर भण्डारी, नेपाल स्काउट केन्द्रीय राष्ट्रिय कार्यक्रम आयुक्त रामप्रसाद भट्टराई, नेपाल दोलाखा जिल्ला आयुक्त ध्रुव खड्का, भेडपु गाविस सचिव पुरुषोत्तम दाहाल, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नरबहादुर श्रेष्ठ, इकार्ड दोलखाका अध्यक्ष धमेन्द्र मोक्तान, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम पौड्याल मेलुङ स्रोत केन्द्रका स्रोत व्यक्ति नवलकिशोर झालगायत अन्य विद्यालयका प्रअ र संघसंस्थाका प्रमुखहरूकाे उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय सहायक प्रशिक्षक दामाेदर बस्नेत, स्काउट शिक्षक तीर्थ खड्का र थीरबहादुर खड्काले सहयाेग गरेका थिए। कार्यक्रमकाे सभापतित्व अम्बिका गाेलेले गरेका थिए।