२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढायो

कोसी प्रदेशका तराईका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सुनसरी संवेदनशील जिल्लामै पर्छ। भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी, मानव बेचबिखन लगायतका घटना हुने गरेका छन्। यस्ता घटना नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।

यसरी निगरानी सीमा क्षेत्रका नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरेका छन् भने भारतबाट अवैधरूपमा नेपाल भित्रयाएको सामान पक्राउ गर्ने क्रम बढ्दो छ।

कोसी प्रदेशका तराईका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सुनसरी संवेदनशील जिल्लामै पर्छ।

यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका अनुसार विनाबिल–बिजक र अवैध रूपमा नेपाल ल्याएको सामान बरामद गरिएको छ। जसमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले दुईवटा ट्रक, एक मारुती भ्यान र एउटा पिकअप जाँच गर्ने क्रममा विनाबिल–बिजकको ५ लाख ३१ हजार ८ सय ३० रूपैयाँ बराबरको सामान र सामान ढुवानी गर्ने ट्रक, मारुती भ्यान तथा एकवटा पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाएको छ।

यसैगरी, सीमा सुरक्षागुल्म कप्तानगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको ९ै लाख ८ हजार ७ सय रूपैयाँ बराबरको लत्ताकपडा र २ लाख बराबरको दुईवटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।

यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका अनुसार विनाबिल–बिजक र अवैध रूपमा नेपाल ल्याएको सामान बरामद गरिएको छ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्कीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ नै अवैधरूपमा ल्याउँदै गरेको १ लाख ३ हजार ७ सय ५५ रूपैयाँ बराबरको मोटर पार्टस् नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजमा जिम्मा लगाएको सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका डिएसपी प्रेम सिग्देलले बताए।

यस्तै, सशस्त्र प्रहरी बल, नेपालबोर्डर आउट पोष्ट अमडुवाले पनि अवैध रूपमा ल्याउँदै गरेको किराना तथा लत्ताकपडा बरामद गरी सुनसरी भन्सार कार्यालय कोसी ब्यारेज सुनसरीमा बुझाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीले अवैध चोरी तस्करी नियन्त्रण गर्न तथा राजस्व वृद्धि गर्न सक्रिय रूपमा जुटेको डिएसपी सिग्देलले बताए।

उनका अनुसार गत सोमबार मात्रै अवैध चोरी तस्करीका विभिन्न सामान बरामद गरी १२ लाख ८१ हजार ७ सय ७५ रूपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालय जिम्मा लगाएको छ। विनाबिलबिजकको विभिन्न सामान तथा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा ३६ लाख ३१ हजार ८३० रूपैयाँ बराबरको सामान जिम्मा लगाएको छ।

प्रकाशित: १० वैशाख २०८० ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App