४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँमा पुरिएर एक भरिया बेपत्ता

धौलागिरि हिमालको आधार क्षेत्रबाट फर्कने क्रममा एक भरिया बेपत्ता भएका छन्।

आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्प तर्फ फर्किँदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।

बेपत्ता राई सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं १ नुथला फुलेली गाउँका निवासी हुन्। संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।

उनका अनुसार बेपत्ता राईसँगै फर्किँदै गरेका धिरज राई र अमृत राई सुरक्षित छन्।

‘हिउँ पहिरोमा परेको आशंका गरिएको छ, खोजी कार्य भइरहेको छ’ पर्यटन व्यवसायी शेरचनले भने। 

बेपत्ता राईको खोजी कार्य आइतबारदेखि गरिने छ। आरोहणमा गएका र फर्किन क्रममा रहेका सबै भरिया र पदप्रर्दशक भने सुरक्षित रहेको बताइएको छ। शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ।

प्रकाशित: ९ वैशाख २०८० १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App