६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छिमेकीले मार्ने धम्की दिएको भन्दै वृद्ध दम्पतीद्वारा प्रहरीमा उजुरी

बुढानिलकण्ठ नगरपालीका–४ पासिकोटस्थित स्वर्णीम टोलका वृद्ध दम्पतीले छिमेकीले आफूहरुलाई मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

पासिकोट स्वर्णीम टोलका रमेशकुमार कार्कीले आफ्ना छिमेकी श्रीराम भण्डारीले आफूहरुलाई मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको नागरिक न्यूजलाई बताएका छन्।

कार्कीले भने, ‘उसको घर बनाउने बेलामा मैले नै सहयोग गरेको हुँ। हाम्रो घर उसको घरसँग जोडिएको छ। उसको छोराछोरीले बल खेल्दा हाम्रो घरमा आउछ। जहिले पनि हामीले बल उता दिनुपर्ने। बैशाख ७ गतेपनि उसका घरमा धेरै मान्छे थिए। त्यसैगरी मेरो घरमा बल आयो। मैले सधै यसरी बल दिन सक्दिन भने। हामी बुढाबुढी मात्र बस्छौं। एसका घरमा आएको एकजनाले मेरो घरको बाहिर आएर गेटबाट तलाई मार्दिउ भन्दै धम्की दियो।’  

कार्कीले उजुरी दिएको प्रहरी कार्यालय प्रहरी प्रभाग बुढानीलकण्ठका निमित इन्चार्ज कुमार थापाले कार्कीले उजुरी दिएको र शनिबार दुई पक्षलाई राखेर छलफल गराउने जानकारी दिए।

कार्कीका छिमेकी श्रीराम भण्डारी भने उनको आरोप सत्य नभएको दाबी गर्छन। उनले भने, ‘वैशाख ७ गते उहाँले भनेको समयमा म घरमा नै थिइन्। अन्य समयमा पनि मैले त्यस्तो बोलेको छैन। मैले मेरो छोराछोरीलाई नी त्यहाँ जाने गरी केहि नगर भन्ने गरेको छु। उहाँ कस्तो मान्छे हो छिमेकमा आएर अरुलाई साेध्दा नी हुन्छ।’

प्रकाशित: ८ वैशाख २०८० १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App