१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जमा ‘फोटो फेस्टिवल’

बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन्।

फोटो पत्रकार विकास कार्कीका अनुसार आजै विधागत रूपमा उत्कृष्ट फोटो र वर्ष फोटो घोषणा गरिनेछ। कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले प्रदर्शनीका लागि फोटो छनोट गरेको हो।

विभिन्न नौ विधाका उत्कृष्ट फोटो तथा एउटा सर्वाेत्कृष्ट फोटो छनोट गरी ती फोटो कैद गर्नेलाई नगद पुरस्कार प्रदान गरिने अन्तरालका प्रमुख जयनारायण शाहले बताए।

बाँकेको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा फोटो प्रदर्शनी गरिएको हो। फेस्टिवलका क्रममा फोटोग्राफी कार्यशाला, अन्तर्क्रिया र फोटोग्राफी टूरको समेत आयोजना गरिएको छ। रासस

प्रकाशित: ८ वैशाख २०८० ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App