१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कृषि कार्यालयको गाडी दुर्घटना, कार्यालय प्रमुखसहित १० घाइते

काभ्रे-काभ्रेको डाँडापारि गोकुलेमा बिहीबार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् ।

बा१झ ५४०८ नंको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।

गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो । बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उक्त बस दुर्घटनामा परेको हो ।

घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिए । गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी नवीनराज राईले जानकारी दिए । रासस

प्रकाशित: ६ माघ २०७३ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App