coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा

गंगादेब गाउँपालिका अध्यक्षको गाडि तोडफोड गर्दै हातपात समेत गरेको आरोप लागेका वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार  मुद्धा चलाई अदालतबाट म्याद थप समेत गरिएको छ।

रोल्पा प्रहरी प्रमुख स्याम कुमार सारु मगरका अनुसार गंगादेब गाउँपालिका ४ का वडा अध्यक्ष कृष्ण वलीले चैत ३० गते गाउँपालिका अध्यक्ष हरिबहादुर पुन माथि अभद्र व्यबहार गर्दै गाउँपालिकाको रा १ झ १९१ नम्बरको स्कार्पियो गाडि तोडफोड गरेका थिए।

वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी परेपछि पक्राउ परेका वली संग हतियार पनि भएको सुचना पाए पछि प्रहरीले उनको घर खानतलासि गर्दा ३ राउन्ड गोली सहित एउटा पेस्तोल बरामद गरेको थियो। प्रहरीका अनुसार अन्सन्धानका लागि १४ दिन थुनामा राख्न अदालतले स्वीकृती दिएको छ।

यसै बिच गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत सकलदेव यादबले पनि वडा अध्यक्ष वलीले धम्कि दिएको भन्दै जिल्ला स्थीत सुरक्षा निकायहरुमा निवेदन दिएका छन्।  

गंगादेब गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन र वडा अध्यक्ष कृष्ण वली दुबै नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधि हुन्।  

प्रकाशित: ३ वैशाख २०८० १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App