६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरमा आजदेखि अनलाइनबाटै नक्सापास हुने

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ।

शुक्रबार महानगरका मेयर बालेन शाहले एक भिडीयो सार्वजनिक गर्दै महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको जानकारी दिएका हुन्।  

उनले भनेका छन्,'काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ। यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ। त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ। यसले पहिले २(३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ। यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ।'

प्रकाशित: १ वैशाख २०८० १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App