१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

मुआब्जा रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाँउदै आगिन्चोकका स्थानीय ।

धादिङ–बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितहरुले असन्तुष्टि जनाएका छन्।
 हाल निर्माणाधीन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम थोरैले मुआब्जाको दररेट हेरफेर गरिदिन माग गरेका छन्। अत्यन्तै उब्जाउ हुने खेतवारीहरु डुवाउनुपर्ने र साधारण पाखोबारी सरह उक्त जग्गाको मुल्यानङकन हुनु निकै दुःखदायी भएको आगिचोकका सुजन थपलियाले बताए ।

तत्काल मुआब्जा दररेटमा पुनरावलोकन गर्न माग गर्दै आगिन्चोकका स्थानीयले सोमबार मुआब्जा निर्धारण समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्ग आसपासका जग्गाहरुमा मुआब्जा निर्धारण गर्दा आयोजना क्षेत्रका अन्य सडक भन्दा रकम बढी हुनुपर्ने, उर्वर जमिन डुवानुपर्ने  भएकाले उक्त ठाउको जग्गालाइ अब्बल दर्जामा राख्नुपर्ने, बिस्थापितलाई चाहेजति शेयर दिनुपर्ने, भूकम्पले भत्काएको संरचना र विस्थापितलाई समयमा नै घर निर्माण गर्नका लागि पहिलो चरणमा मुआब्जा वितरण गरिनुपर्ने, भूकम्पबाट बचेका संरचनाहरुको मूल्याङकन हुनुपर्ने लगायतका माग रहेका छन् ।

ध्यानाकर्षण पत्र बुझाँउदै सरोकार समितिका अध्यक्षले बलराम त्रिपाठीले त्यस क्षेत्रमा यसअघि चलेको दररेट भन्दा आधा रकम पनि नपाउने अवस्था आएको बताए । ‘आयोजना बन्नुपर्छ, तर पहिला चलेको दररेट भन्दा अहिले सरकारले तोकेको जग्गाको दररेट धेरै नै कम भयो,’ अध्यक्ष त्रिपाठीले भने, ‘सरकारले तोकेको दररेटले हामी अन्यायमा पर्यौं यसलाइ पुर्नविचार गरियोस ।’

अहिले निर्धारण गरिएको मूल्य भन्दा कयौँ गुना बढी मूल्यमा जग्गाको कारोवार भइरहेकोले सरकारले घोषणा गरेको दररेट कुनैपनि हालतमा मान्य नहुने उनले बताए । मध्यपहाडी लोकमार्ग बनाउने कुरा चलेदेखि त्यस क्षेत्रको जग्गाको मूल्य निकै आकासिएको थियो।

बुढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित गर्ने धादिङपट्टिको जग्गाहरुलाइ ११ भागमा बर्गिकरण गरेर प्रतिरोपनी जग्गाको न्युनतम ५ लाख २५ हजार देखि अधिकत ८ लाख ३५ हजार रुपैयाँसम्म कायम गरिएको छ ।

मुआब्जा निर्धारण गर्न बाँकी रहेको धादिङका २ ठूला बजारहरु आरुघाट र खहरे बजारका जग्गाहरुको हकमा भने विशेष टोली खटाएर त्यसले दिएको प्रतिवेदनको आधारमा मात्रै मुआब्जा निर्धारण गरिने बताइए पनि मद्यपहाडी लोकमार्ग आसपासमा पनि छुट्टै दररेट हुनुपर्ने भन्दै आगिन्चोकका स्थानीयले ध्यानकर्षण पत्र बुझाएका हुन्।    ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीयबाट आएको गुनासा छलफलमा लैजाने बताए।

प्रकाशित: २६ पुस २०७३ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App