१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।  

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशका तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी  भू(भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २९ चैत्र २०७९ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App