२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु कारागारबाट भागेका १ सय १४ फरार कैदीबन्दी पक्राउ

भदौ २५ गते कारागारबाट फरार भएका १ सय १४ कैदीबन्दी पक्राउ परेका छन् । ४ सय ५९ कैदीबन्दी मध्ये ४ सय ३० जना कारागारबाट फरार भएका थिए ।

फरार भए पछि खोजीका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । यस्तै देशका अन्य ४ कारागारबाट फरार भएका १७ जना समेत पक्राउ गरिएको उनले बताए । केन्द्रीय कारागारका ८ जना, नख्खु कारागारका ५ जना तुलसीपुर कारागारका ३ जना र कास्की कारागारका एक जना पक्राउ गरिएको हो। कैदीबन्दीहरुले कारागारमा तोडफोड र होल्ला  मच्चाएर फरार भएका थिए ।

कारागारबाट भागेका कैदीबन्दीले भाग्नेक्रममा बाटामै रहेको अदालतमा आगजनी समेत गरेका थिए । कैदीलाई पक्राउ गर्नेक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित चौबिस हजार भन्ने स्थानमा एक राउन्ड हवाई फायर समेत गरिएको थियो । फरार कैदीबन्दीको  खोजतलास जारी रहेको सिंहले बताए । 

प्रकाशित: २७ भाद्र २०८२ १८:४२ शुक्रबार