३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सल्यानमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु, तीन घाईते

सल्यानमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ तीन जना घाईते भएका छन्।

जिल्लाको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा ९ वर्षीया पुजा घर्ती रहेकी छिन्।

भरुवा बन्दुकको छर्राले लगेर अन्य तीन जना घाईते भएका छन्। घाईते हुनेमा तीन वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले रहेका छ्न्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो।

घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ।

प्रहरीका अनुसार भरुवा बन्दुकसहित बेलबहादुर आलेलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: २१ चैत्र २०७९ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App