रुखले च्यापिएर सर्लाहीमा एक भारतीय महिलाको मृत्यु भएको छ। रुख काट्दा सडकतिर ढलेपछि बाटोमा पैदल हिँडिरहेकी एक भारतीय महिलाको च्यापिएर मृत्यु भएको हो।
सर्लाहीको मलंगवा नगरपालिका ६ खुटौना टोलस्थित सडकको छेउमा रहेको सपेताको रुख सोमवार काट्ने क्रममा बाटोतिर ढलेको थियो। रुख ढल्दा बाटोमा हिँडिरहेकी भारत बिहारको सीतामढी जिल्लाको सीतामढी नगर निगम १८ नुनियाटोबल स्ने केदार महतो नुनियाकी करिब ५० वर्षकी तुरुन्तीदेवी महतोको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित: २० चैत्र २०७९ १४:५७ सोमबार