४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लाको पातारासीमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

जुम्लाको पातारासी गाउँपालिका -५ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ।

केही वर्षदेखि विद्यालय,गाउँबस्ती  र टोलटोलमा सडक नाटक प्रदर्शन तथा सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको वडाले आइतबार बाल विवाह मुक्त वडा घोषणा गरेको हो।

बाल विवाह मुक्त वडा घोषणा गरेसंगै अब विवाहा गर्दा अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ। वडाकाे सिफारिस विना गरिने विवाह स्वत खारेजी हुने,र बालविवाह  नमानिने वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।

उनका अनुसार जन्मदर्ता, ,किशोरी र किशोरको मन्जुरी र शैक्षिक योग्यताका प्रमाणपत्र अनिवार्य बुझाएको हुनुपर्नेछ। वडाभित्र ४ सय ३२ घरधुरी छन्। १ हजार ६ सय पन्ध्र जनसंख्या छ,जसमध्ये ८ सय २९ महिला र ८ सय ८६ पुरुष छन्।

आर्थिक वर्ष २०७८/०७९ मा वडाभित्र १० वटा विवाह भएका छन्। उक्त विवाहहरु सबै उमेर पुगेर भएका हुन्।

जिल्ला समन्वय समिति जुम्लाका सदस्य धनसुर बुढाले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको बताए। उनले अब सो कामको निरन्तरता देखि कार्यन्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले पातारासी गाउँपालिका -५ वडा पहिलो बालविवाह मुक्त वडा घोषणा भएको बताइन्।  

प्रकाशित: १९ चैत्र २०७९ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App