१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाजन्य सामग्रीको अवैध उत्खनन गर्नेलाई ३५ लाख जरिवाना

कावासोती-नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझाएको छ ।

जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीका अनुसार स्मृति निर्माण सेवालाई रु ६५ लाख जरिवाना बुझाउन भनिएकामा उक्त रकम मात्र दाखिला गरेको हो । मङ्सिर २५ गते खोलाबाट २७ टिप्पर र तीन जेसिवीलाई नियन्त्रणमा लिइएको थियो । आधा रकम दाखिला पछि १७ टिप्पर छुटेका छन् ।

खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री निकासी भइआएको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले निरीक्षण गरी ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।

स्मृति निर्माण सेवाले तीन वर्ष अगाडि केरुङ्गे खोला ठेक्कामा लिएको र त्यस बेलाको स्टक सामग्री भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसालले कारबाहीका लागि पहल लिएका थिए । रासस

प्रकाशित: ७ पुस २०७३ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App