coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोकाह खानेपानी सहयोगार्थ धरानमा चैत २५ गते कन्सर्ट

दिप श्रेष्ठ, राजेश पायल, दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बुले पारिश्रमिक नलिने

मेयर हर्क साम्पाङ र आयोजक टोली चैत २५ गतेको कन्सर्टको पोस्टर र टिकट सार्वजनिक गर्दै। तस्बिरः रोहित राई

धरानको मेयरमा निर्वाचित हर्क साम्पाङले श्रमदान अभियान चलाएर खानेपानी जोहो गरिरहेका छन्। उनले अहिले कोकाहा खोलाबाट पनि २५ किलोमिटर भन्दा बढी पाइपलाइन विछ्याएर पानी धरान पुर्‍याउने श्रमदान अभियान चलाइरहेका छन्।

उनको यो अभियान भने निक्कै चुनौतीपूर्ण छ। कोकाहाको पानी छिमेकी नगर बराहक्षेत्रको भीर हुँदै धरान ल्याउनुपर्ने र ३ करोडभन्दा बढी बजेट पाइपमै खर्च हुने अनुमान छ। यो अभियानको लागी श्रमदान र आर्थिक सहयोग पनि जुटिरहेको छ। यही कोकाहा खानेपानीको लागी चैत २५ गते धरानमा च्यारिटी कन्सर्ट हुने भएको छ। यो कन्सर्टको लागी सबै कलाकारहरुले पारिश्रमिक पनि नलिने भएका छन्।

सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा हुन लागेको कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दिप श्रेष्ठ, राजेश पायल राई, दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, एपि शेर्पा, डिल्ली फोम्बो, रोहित मास्के र वाकिङ क्लाउण्ड ब्याण्डको पनि प्रस्तुति हुनेछ।मेयर साम्पाङ सहित कन्सर्ट आयोजक टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै खानेपानी सहयोगार्थ टिकट खरिद गरेर सहयोग गर्न अपिल गरेका छन्। 

मेयर साम्पाङले धरान कला र कलाकारहरुको सहर भएकोले यहाँ धेरै कन्सर्टहरु भइरहने बताए। तर, यो कन्सर्ट भने अन्य कन्सर्टहरुभन्दा धेरै फरक भएको मेयर साम्पाङको भनाई छ। ‘यो कन्सर्ट खानेपानीलाई समर्पित गरेर हुन लागेको छ। विगतमा मनोरञ्जनको लागी कन्सर्टहरु जानु भयो भने, यो चै खानेपानी च्यारिटीको लागी हो,’उनले भने,‘त्यसैले यो कन्सर्टमा कोही पनि नछुटिदिनुहोला।’कन्सर्टबाट संकलन हुने रकमले कोकाहा खानेपानीको लागी आवश्यक पर्ने पाइप खरिद गरिने पनि मेयर साम्पाङले बताए। 

कन्सर्टकी संयोजक एवं गीतकार मीना सिंगकले खानेपानी योजनाको लागी भएकोले कलाकारहरु सबैले पारिश्रमिक नलिने भएका छन्। कन्सर्टकै दिन घोषणा गर्ने गरी देश, विदेशबाट सहयोग रकम जुट्न थालिसकेको पनि संयोजक सिंगकले जानकारी दिइन्। बैशाख १ गते रिलिज हुन लागेको जारी फिल्म टोलीले २ लाख दिने भएको छ। ‘हङकङबाट १० लाख आइसकेको छ, अरु पनि आउने क्रममा छ। कन्सर्टकै दिन हामी सबै विस्तृतरुपमा सार्वजनिक गछौं। हिसाबकिताब पनि पारदर्शी नै गछौं,’उनले भनिन्। 

कन्सर्टको लागी नर्मल २ सय, ५ सय, १ हजार र भिआइपी टिकट ७ हजार १२१ ९एउटा पाइप बराबर०को रहेको छ। कन्सर्टकै दिन गेटमा ३ सय रुपैयाँको टिकट हुनेछ।टिकट र पोष्टरको लागी हेटौडाका अनिरुध्न लुइँटेलले सहयोग गरेको सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १७ चैत्र २०७९ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App