रसुवामा आएको बाढीका कारण चीनको केरुङमा फसेका ११३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने भएका छन्।
ल्हासास्थित नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा फसेका नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।
बाढीका कारण रसुवागढी नाका जोड्ने ४० किलोमिटरभन्दा बढी सडक बगेपछि रसुवागढी हुँदै नेपाल फर्किने अवस्था नरहेकाले उनीहरूलाई वैकल्पिक रूपमा तातोपानी नाकाबाट स्वदेश ल्याउन लागिएको हो।
बाढी आउनुअघि कैलाश मानसरोवर दर्शनका लागि करिब ३ हजार ५०० नेपाली चीन पुगेका थिए। तीमध्ये अधिकांश नेपाल फर्किसकेको निरौलाले जानकारी दिए। उनका अनुसार अहिले पनि करिब ७ देखि ८ सय नेपाली पर्यटक केरुङ क्षेत्रमा रहेका छन्।
केरुङमा रहेका नेपालीमध्ये तत्काल स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा चिनियाँ प्रहरीसँग समन्वय गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।




प्रकाशित: १८ भाद्र २०८३ १२:५७ बिहीबार





