८ वैशाख २०८१ शनिबार
समाज

मानव तस्करी पाँचवर्ष यताकै उच्च

काठमाडौं-पछिल्लो वर्ष मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेको देखिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार आ.व २०७२-०७३ मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी २ सय १२ उजुरी दर्ता भए । अघिल्लो आ.व.मा यो संख्या १ सय ८१ थियो । चालु आ.व को कात्तिक मशान्तसम्ममा १ सय ११ उजुरी परिसकेका छन् ।

भुकम्पमा घरबार गुमाएकाहरु बेचबिखनमा बढि परेका छन्

विभन्नि प्रलोभनका कारण मानव तस्करहरुको फन्दामा परेर यसवर्ष बढि मानव बेचबिखन हुनको मूख्य कारण रहेको मन्त्रालयको सचिव विष्णुप्रसाद लम्सालले बताए । उनका अनुसार भूकम्पमा घरबार नभएका मानिसहरु मानव बेचविखनमा पर्न गएको हो, वैदेशिक रोजगार र अन्य विभिन्न कारणले मानव तस्करी भइरहेको सचिव लम्सालले बताए ।

‘मानव बेचबिखन र ओसारपोसार गम्भिर अपराध रहेको भन्दै यस्ता अपराध गर्ने अपराधीलाई कानुनको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय र सरोकारबालालाई गम्भिर रुपमा परिचालन गरेको छ,’ सचिव लम्सालले जनाए । मानव बेचबिखनबाट पिडित र प्रभावितलाई उद्धार गर्न ८ जिल्लामा पुनस्र्थापना खोलेको सचिव लम्सालले बताए । कैलालीमा रहेको सिर्जनशिल पुनस्र्थापना केन्द्रबाट ९ जिल्लाका पिडितलाई राहत, संरक्षण र पुनस्र्थापना गरिएको उनले जानकारी दिए ।

यसैगरि बाँके, रुपन्देही, चितवन, पर्सा, झापा, सिन्धुपाल्चोक र काठमाडाैंमा रहेको पुनस्र्थापना केन्द्रले ७५ ओटै जिल्लाका बेचबिखन प्रभावितलाई संरक्षण गर्दै आएको उनले बताए ।

मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन, २०६४ र नियमावली २०६५ अनुसार मानव बेचबिखन तथा ओसारपोसारको कसुर सम्बन्धी मुदामा उजुरी सुन्ने र अनुसन्धान गर्ने अधिकार प्रहरी कार्यालयहरुलाई दिएको अनुसार नै विभिन्न जिल्ला तहमा रहेको प्रहरी कार्यालयहरुमा आ.व २०७०-०७१ मा मानव बेचबिखन तथा ओसारपोसार कसुरमा कुल १ सय ८५ तथा आ.व. २०६९-०७० मा १ सय ४४ मुदा दर्ता भएको तथ्याङले जनाएको छन् ।

बाँके, रुपन्देही, चितवन, पर्सा, झापा, सिन्धुपाल्चोक र काठमाडाैंमा रहेको पुनस्र्थापना केन्द्रले ७५ ओटै जिल्लाका बेचबिखन प्रभावितलाई संरक्षण गर्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि आ.व. २०६८-०६९ मा १ सय १८ मुदा नेपाल प्रहरीमा दर्ता भएका मन्त्रालयको तथ्याङमा देखाएका छन् । मन्त्रालयले सार्वजनिक गरेको पाँचवर्षको तथ्याङका अनुसार पाँचवर्ष यताको सबभन्दा बढि मुदाको उजुरी आ.व.२०७२-०७३ मा दर्ता भएको देखाएको छ ।

मन्त्रालयको तथ्याङ अनुसार आ.व.२०६८-०६९ देखी आ.व.२०७१-०७२ सम्म चारवर्षको अवधिमा १८ वर्ष मुनिका बालबालिकाहरु अधिक संख्यामा बेचबिखन तथा ओसारपोसारमा परेका देखाएको छ भने, सोही चारवर्षको अवधिमा पुरुष भन्दा ६ गुणा बढिले महिलाको बेचबिखन र ओसारपोसार भएको तथ्याङले जनाएको छन् ।

मन्त्रालयका तथ्याङ अनुसार चारवर्ष यता बालबालिकाको बेचबिखनमा पर्ने संख्या बढेको छ ।  आ.व.२०६८-०६९ मा ६५ जना बालबालिका र  १ सय ३० जना महिला बेचबिखनमा परेको थियो भने आ.व.२०७१-०७२ मा १ सय ४७ जना बालबालिका र २ सय ४४ जना महिला बेचबिखनमा परेको तथ्याङमा उल्लेख गरिएको छ । यसरी औसत रुपमा हेर्दा प्रत्येक वर्ष बेचबिखन बढदैं गइरहेको अवस्था तथ्याङले प्रष्ट पारेको छ ।

गरिबी र असहाय बालबालिकालाई प्रलोभन देखाइ सजिलै बेचविखन गर्न सकिने भएकोले बालबालिका बेचबिखनको मूख्य निशाना बनेको केन्द्रिय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बताए । मानव बेचबिखन र ओसारपोसार गम्भिर अपराध रहेको भन्दै यस्ता अपराध गर्नेलाई अपराधीलाई कानुनको दायरामा ल्याउन बालकल्याण समितिले बाँर्डर क्षेत्रमा परिचालन गरिएको अध्यक्ष गिरीले बताए ।

मन्त्रालयको तथ्याङ अनुसार विभिन्न अदालतबाट आ.व. २०७१-०७२ मा कुल मुदा संख्यामा ८ सय ९९ मुदाहरु फैसला भएको छन् । फैसला भएका ती मुदाहरु मध्ये २ सय ३८ मुदाहरुमा अदालतले दोषी ठहर गरी सजाय समेत दिएका तथ्याङमा उल्लेख गरिएको छ ।

बालबालिकाले काउन्सिलिग गरि सजिलै मोटिभेट गर्न सकिन्छ, वैदेशिक रोजगारको कारणले बढि बालबालिका बेचबिखनबाट बढि प्रभावित भएको बालबालिका खोजतलाश समन्वय केन्द्रका डिएसपी भक्त बहादुर विष्टले बताए ।

नेपाल प्रहरी हेड क्वाटरका अपराध तथा अनुसन्धान विभाग अन्र्तगतका मानव बेचबिखन नियन्त्रण शाखाका डिएसपी भावेश रिमालका अनुसार मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न अपराधीहरुलाई नियन्त्रण गर्न स्थानिय स्तरका प्रहरी चौकीबाट व्यापक रुपमा परिचालन भएको छ ।

प्रकाशित: ३० मंसिर २०७३ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App