मंगलबार बिहान मात्र मिटर ब्याजी पीडितका समस्या क्षणभरमा समाधान नहुने बताएको सरकारले पीडितहरुको समस्या समाधानका लागि समिति गठन गरेको छ।
बिहान आन्दोलनरत पीडितहरुलाई भेटेर गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले समस्या तुरुन्त समाधान नहुने बताएका थिए।
सरकारले उनीहरुका समस्या सुनेर समाधानका उपाय पहिल्याउन वार्ता समिति बनाएकोछ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयको निर्देशनमा समिति गठन गरिएको हो। त्यसमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि राखेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार समितिमा गृह मन्त्रालयका सहसचिव रुद«ादेवी शर्मा, गृहमै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन्।
सुरुमा समितिले पीडितहरुसँग वार्ता गरेपछि आवश्यक परेको खण्डमा प्रधानमन्त्री दाहालसँग पीडितहरुले भेटनसक्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । मिटर व्याजबाट पीडित सर्वसाधारण तराईका विभिन्न जिल्लाबाट ११÷१२ दिनको पैदल यात्रा गरेर राजधाी आएका छन्। शनिबार साँझ राजधानी छिरेका उनीहरुले आइतबारदेखि आन्दोलन गरिरहेका छन्। आन्दोलन बढ्न नदिन सरकारले मंगलबारदेखि विभिन्न उपायहरु अपनाइरहेको छ।
प्रकाशित: १४ चैत्र २०७९ ०६:५७ मंगलबार