१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यातायात प्राधिकरण गठनको माग

यातायात क्षेत्रका अगुवाहरुले यातायात क्षेत्रका समस्या समाधानकालागि यातायात प्राधिकरण गठनको माग गरेका छन।

अस्थिर सरकार, अस्पष्ट नीति, सडकको दुरावस्था तथा बैंकको चर्को व्याजदरका कारण यातायात क्षेत्र धरासायी बनेको भन्दै प्राधिकरण गठनको माग गरेका हुन।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्धारा शनिबार बुटवलमा आयोजित कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरुले अर्वौको लगानी रहेको यातायात व्यवसाय शंकटग्रस्त अवस्थामा पुगेको भन्दै अधिकार सम्पन्न यातायात प्राधिरकण गठन गरी सहि निकास दिनु पर्नेमा जोड दिएका हुन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाइ व्यवस्थित, सुदृढ र मर्यादित बनाउन प्राधिकरणमा नगइ सुखै नहुने बताए। अर्बौको लगानी र लाखौंको रोजगरी संग जोडीएको यातायात क्षेत्र ध्वस्त  हुनबाट जोगाउन समयमै प्राधिकरण गठन गरी यातायात मैत्री नीति कार्यान्वयनमा ल्याउनु पर्ने उनले बताए।

यतायात क्षेत्र सरकारको हेल्पिङ हेण्ड रहेको भन्दै उनले यो क्षेत्र धरासायी हुँदा देशको अर्थतन्त्रमा ठुलो धक्का लाग्ने बताए। स्वारले २० बर्षे पुराना गाडीलाइ यान्त्रिक परीक्षणको आधारमा चलाउन उपयुक्त छ छैन भन्ने कुराको निर्क्योल गरीनु पर्नेमा पनि जोड दिए।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम जनताको जीउज्यानको सुरक्षा र देशको अर्थतन्त्र प्रत्यक्ष जोडीएको यातायात क्षेत्रलाइ सुरक्षित, भरपर्दो र दीगो बनाउने तर्फ सरकारले विशेष ध्यान दिनु पर्ने बताए। बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदर, अस्पष्ट नीति, सडकको दुरावस्था आदिका कारण अर्बौको लगानी र लाखौंको रोजगारी शंकटमा परेको भन्दै उनले अधिकार सम्पन्न प्राधिकरण गठन गरी समस्या समाधान गर्नु पर्नेमा जोड दिए।

खरेलले यात्रुबाहक बसका संचालक तथा व्यवसायीका संस्थालाइ प्रालिमा नभइ पहिले जस्तै समितिमै रुपान्तरण गरीनु पर्नेमा पनि जोड दिए।

कार्यक्रमा बोल्दै पश्चिम नेपाल बस व्यवसायी समितिका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, पृथ्वी राजमार्ग बस संचालक प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी, त्रि सिद्धेस्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, यातायात मजदुर तथा व्यवसायी भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल,पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसाल,प्रालिका संचालक जीवनकुमार बञ्जाडे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यामप्रसाद पाण्डे लगायतले बोल्दै अस्पष्ट नीति, अस्थिर सरकार,सडकको दुरावस्था आदीका कारण यातायात व्यवसायी दोहोरो तेहेरो मारमा परीरहेको बताए।

शंकटका बेला बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याज बृद्धिले यातायात व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको भन्दै प्राधिकरण गठन गरी बेलैमा समस्या सम्बोधन गर्ने तर्फ सरकार गम्भीर हुनु पर्नेमा उनीहरुले जोड दिए। निजी क्षेत्र बलियो भए मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने भन्दै व्यवसायीले निजी क्षेत्र मैत्री व्यवहार र नीति कार्यान्वनयमा ध्यान दिन सरकारलाइ आग्रह गरे। 

व्यवसायीले उठाएका मागलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पुर्व अर्थमन्त्री विष्णु पौडेल र विशिष्ट अतिथि काँग्रेस नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकलाइ आर्थिक संकटबाट बचाउन सबैको साझा प्रयास आवश्यक भएको र त्यसमा आफुहरु गम्भिर रहेको बताए।

प्रतिनिधि सांसद तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै सबैको साझा प्रयास आवश्यक भएको बताए। एमाले उपाध्यक्ष पौडेलले राजश्व संकलन २०२८ साल यताकै निरासाजनक रहेको टिप्पणी गर्दै संकलित राजश्वकले देशको चालु खर्च धान्न नसकेको बताए। 

मुलुकलाइ आर्थिक संकटबाट पार लगाउन सबै दलले साझा धारणा बनाएर अगाडी बढ्नु पर्ने भन्दै उनले सरकारले निजी क्षेत्रलाइ साथमै लिएर हिड्न सक्नु पर्ने बताए।

नेपाली काँग्रेसका केन्द्रिय नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयासबाट मात्रै मुलुकलाइ आर्थिक संकटमा धकेलिनबाट जोगाउन सकिने बताए। व्यवसायीहरुले पनि आफनो झ्यालबाट मात्रै हेरेर बस्न नहुँने भन्दै उनले सरकार, राजनीतिक दल र व्यवसायी सबैको साझा प्रयास र दायित्व आवश्यक भएको बताए। व्यवसायी र बैंक तथा वित्तिय संस्था बिच एक अर्कालाइ देखाएर उम्कीने परिपार्टीको विकास भएको भन्दै यसले अन्ततोगत्वा बैंक वित्तीय संस्थालाइ नै धरासायी बनाउने र त्यसको असर मुलुकको अर्थतन्त्रले समेत भोग्नु पर्नेे बताए।

यातायात क्षेत्र मुलुकको अर्थतन्त्रको मुल आधारशीला बनीसकेको भन्दै उनले यातायात व्यवसायीका समस्या समाधानकालागि भुमिका खेल्ने बताए।

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै उनले दुर्घटना न्युनीकरणकालागि प्रभावकारी कदम चाल्नू पर्ने बताए। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी,विमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापा,लुम्बिनी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री,लोत्से बहुउद्येस्यीय सहकारीका अध्यक्ष दिपक कुँवर,प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै देशको अर्थतन्त्र सुधारकालागि सरकार,राजनीतिक दल र निजी क्षेत्र सबैको साझा प्रयास आवश्यक भएको बताए।

प्रकाशित: १२ चैत्र २०७९ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App