४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पुर्पक्षका लागि थुनामा रहेको डा. पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

जनकपुरधामस् दाइजोसम्बन्धी कसूर मुद्दामा पक्राउ परेका महोत्तरीको रामगोपालपुर नगरपालिका-९ ५ का डा. पंकज चौधरीलाई उच्च अदालतले जनकपुरले धरौटीमा छाड्न आदेश  दिएको छ।

बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीश विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

डा.चौधरीमाथि उनको श्रीमती नेहा चौधरीले घरेलू हिंसा र दाइजोविरुद्ध मुद्दा दायर गरेपछि उनलाई मंसिर २७ गते महोत्तरी प्रहरीले पक्राउ गरेको थियो। पुस २२ गते जिल्ला अदालत महोत्तरीले ड। चौधरीलाई  पुर्पपक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी श्रीमती महोत्तरीकी औरही नगरपालिका–१ माइतीघर भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन्। २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको होटेल राजदरबारमा विवाह सम्पन्न भएको थियो।

विवाहमा नेहाकी परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो। तर पनि दाइजो नपुगेको भन्दै ससुरा पक्षले अझैँ दाइजो ल्याउन यातना दिन थालेको नेहाकी आरोप छ। नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन्। पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन्।

दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका छन्।

प्रकाशित: १० चैत्र २०७९ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App