५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मासु व्यापारीको लापरबाही

बाँकेमा मासु प्रशोधन तथा प्याकेजिङ उद्योगमा लापरबाही हुने गरेको खुलासा भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा माघ २६ गतेदेखि फागुन २ गतेसम्म भएको संयुक्त अनुगमनको प्रतिवेदनअनुसार अनुगमन गरिएका नौवटै फर्ममा कुनै न कुनै लापरबाही भेटिएको हो।  

अनुगमन गरिएका फर्ममा कतिपयमा खान अयोग्य अवस्थामा मासु भेटिएको पाइएको छ भने अधिकांशले अनुज्ञापत्र नलिएरै बिक्री वितरण गरिरहेको पाइएको हो। नेपालगन्जस्थित डिके फुड एन्ड मिट प्रोडक्ट्समा ६१ हजार एक सय ५० रूपैयाँ बराबरको खराब भएको अवस्थाको मासु अनुगमनका क्रममा भेटिएको छ। उक्त मासु नष्ट गर्न लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ। यसैगरी डिके कोल्ड रुम मिट सप्लायर्सले मासुको अनुज्ञापत्र लिएर अन्य खाद्य पदार्थको पनि बिक्रीवितरण गरिरहेको पाइएपछि मासुबाहेक अन्य खाद्य पदार्थको अनुज्ञापत्र लिएर मात्र बिक्रीविरतण गर्न निर्देशन दिइएको छ।  

अनुगमनका क्रममा अरविन्द मिट सेन्टर, एमके पिग फार्म र नेपाल फ्रेस हाउसलाई तत्काल जरिवाना पनि गरिएको छ। अरविन्दलाई २० हजार, एमकेलाई १० हजार र नेपाललाई नगद १५ हजार गरी ४५ हजार जरिवाना गराइएको कार्यालयले जानकारी दिएको छ। त्यस्तै प्रदीप मासु प्याकेजिङ सेन्टरले व्यवसाय नवीकरण नगरेको, नेसनल फुड प्रालिले व्यवसाय दर्ता नगरेको पाइएकोले दर्ता प्रक्रिया पूरा गरी अनुज्ञापत्र नलिएसम्म कारोबार नगर्न निर्देशन दिइएको जनाइएको छ। 

प्रकाशित: १० चैत्र २०७९ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App