१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुस्सुले दिनभर नेपालगन्ज राँझा विमानस्थल अवरुद्ध

कोहलपुर- विहानी देखेको शीतलहर र बाक्लो हुस्साले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानीका सबै उडान अवरुद्ध भएका छन् । विमानस्थल मार्गमा जहाज अवतरण र उडाका लागि भिजिबिलिटी नहुँदा कर्णाली र राजधानीका दुई दर्जा उडान रद्ध भएका हुन् ।

जहाज उडान र अवतरणका लागि न्युनतम एक हजार छ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा दिनभर पाँच सय मिटर मात्र रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगन्जका एटिसी किशोर आर्चायले बताए। उडान प्रभावित हुँदा कर्णालीअञ्चल सबै जिल्ला, सुदुरपश्चिमको बाजुरा, काठमाण्डौ–नेपालगन्ज उडान अवरुद्ध भएको उनले भने । २०७३ को चिसो लागेसंगै पहिलो पटक आईतबार हवाई उडान बन्द भएको छ । आईतबारका सबै एयरलाईन्सका उडान तालिका रद्ध हुँदा सँयौ यात्रु गनतव्यमा जान नपाएको आचार्यले भने । राँझा विमानस्थलबाट कर्णलीमा ताराका दुई जहाज र सी ताको एक जहाजबाट कर्णालीका १५ उडान तालिका रद्ध भएको उनले जानकारी दिए । यस्तै काठमाडौं हुँदै नेपालगन्ज कर्णालीमा नेपाल एयरलाईन्सको तीन उडान रद्ध भएका छन् । यस्तै नेपालगन्ज काठमाण्डौ बुद्धका दुई, यतिका दुई र सौर्य एयरका एक गरि पाँच वटा राजधानी उडान अवरुद्ध भए । सुर्खेतबाट आईतबार विहानदेखि कर्णालीका उडान सूचारु रहेको छ । आईतबार कर्णाली, सुदुरपसश्चिम र राजधानी गरि २४ वटा उडान रद्ध भएका छन्। उडान बन्दले पाँच सय यात्रु प्रभावित भएका छन् । नेपालगन्जबाट कर्णालीअञ्चल र राजधानी जाने तयारीमा रहेका सँयौ यात्रु उडान बन्द हुँदा विमानस्थलमा बस्न बाध्य छन् । विहान पाँच बजे विमानस्थलमा आएका यात्रुहरु निराश हुँदै फर्किए । राँझा विमानस्थलबाट दैनिक मध्य र सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाण्डौका लागि पाँच वटा उडान हुने गर्छ । नेपालगन्जबाट काठमाडौं, सुर्खेत, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा  उडान हुने गर्छ ।

सँयौको संख्यामा कर्णाली जाने, फर्कने र राजधानी जाने र फर्कनेलाई हुस्सो र शीतलहरले समस्या बनाएको नेपाल नागरिक उडड्यन प्राधिकरण राँझा विमानस्थल प्रमुख बाबुप्रताप तिवारीले बताए । बाक्लो हुस्सोले जहाज अवतरण र उडाका लागि भिजिबिलिटी नभएपछि विहानदेखि सबै आन्तरिक उडान बन्द भएको उनले भने । आईतबारदेखि जहाज अवतरण र उडानका लागि भिजिबिलिटी प्रयाप्त छैन् । सुर्खेतबाट आईतबार विहान ११ बजेदेखि उडान सूचारु भएका थिए ।  दिनभरसम्म मौसम सुधार नभएकोले सबै उडान रद्ध गरिएको प्रमुख तिवारील नागरिकसंग भने । विहान पाँच बजे विमानस्थलमा आएका कर्णालीका यात्रुहरु निराश हुँदै फर्किए थिए । बाक्लो हुस्सोले अग्रीम टिकट लिएका यात्रु र कार्गो सामान गन्त्वमा पठाउन रोकिए।

 

 

प्रकाशित: १९ मंसिर २०७३ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App