४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा लडेर प्रहरीको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधेनजिक प्राणजल फास्टफुड रेस्टुरेन्टबाट फर्कने क्रममा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। काठमाडौं नागार्जुन बस्ने वर्ष ४३ को तीर्थ ढुंगेल (सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक ब्यान्ड गुल्ममा कार्यरत स.प्र.नि.) को निधन भएको भक्तपुर प्रहरीले जनाएको छ।

आफैं सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि बा २ ज २४५६ नम्बरको ट्याक्सीद्वारा एकजना महिला र अन्दाजी १२-१५ वर्षको पुरुष व्यक्तिले उनलाई नजिकैको मध्यपुर अस्पताल पुर्याएको जनाइएको छ। उपचारका क्रममा त्यहीं उनको मृत्यु भएको भक्तपुर प्रहरीपरिसरले जनाएको छ। अनुसन्धानका क्रममा घटनास्थलवरपरका देख्नेसुन्ने व्यक्ति र ट्याक्सी चालकसमेतलाई कार्यालयमा झिकाई सोधपुछ भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले बताए।

प्रकाशित: ६ चैत्र २०७९ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App