१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिजुली चोर्ने पक्राउ

राजविराज- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ।
दोषीबाट करिब रु २७ लाख राजस्व समेत असुल भएको छ। जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त अनुगमन टोलीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए।
प्राधिकरण राजविराजका अनुसार विद्युत् चोरी गर्नेको साथबाट विद्युत्का विभिन्न उपकरण सामग्री समेत बरामद गरिएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान आज पनि जारी नै छ ।

प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म करिब पाँच हजार घरधुरीमा लगाइएको विद्युत् हटाएको प्रमुख साहले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ५३ हजार भन्दा बढी घरमा विद्युत् मिटर जडान गरिएको प्राधिकरणले जनाएको छ। रासस

 

प्रकाशित: १४ मंसिर २०७३ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App