२६ श्रावण २०७७ सोमबार
समाज

बलात्कार गर्ने कांग्रेसका स्थानीय नेताविरुद्ध उजुरी

खोटाङ—एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्रीविरुद्ध उजुरी परेको छ।

गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खुकुरी देखाएर मुख थुनी खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ। उनी सोही दिनदेखि फरार रहेको पीडितपक्षका परिवारले बताएका छन्।

पीडितले दिएको उजुरीको आधारमा पीडक खत्रीलाई खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। बलात्कृत किशोरीलाई मङ्सिर ६ गते बेलुका जिल्ला अस्पतालमा ल्याएर उपचार गरिएको छ। उनको अवस्था सुधार हुँदै गएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित: ८ मंसिर २०७३ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App