५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

तिलोत्तमामा कम्पोष्टविन वितरण

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टविन वितरण गर्न थालिएको छ। 

नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो।

थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ।

कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको पनि लागत साझेदारी रहेको छ। पहिलो चरणमा खानेपानी संस्थाले एक हजार थान कम्पोष्टविन वितरण गरीने छ। उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने बताइएको छ।

नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भन्ने उदेश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ।

सोमबार कम्पोष्टविन वितरण कार्यक्रमको सुभारम्भ गर्दै  नगरप्रमुख रामकृष्ण खाणले कम्पोष्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्ने बताए। वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टविन वितरणले टेवा पुर्याउने बताउँदै उनले प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने बताए।

खानेपानी संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्ताहरुलाई कौशीखेतीमा समेत प्रोत्साहित गर्ने बताए।

कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानीका उपाध्यक्ष लगायतले बोल्दै नगरलाइ सफा र स्वच्छ राख्न यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे।

तिलोत्तमा नगरपालिका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् सोमबार डष्टविन वितरण गरिएको हो । यसअघि आनन्दवन शंकरनगर खानेपानी संस्थाले आफ्ना उपभोक्तालाई नगरपालिकासँगको लागत साझेदारी समेतमा कुहिने र नकुहिने फोहोर राख्ने डष्टविन वितरण गरेको थियो । खानेपानी संस्थामा आठ हजारभन्दा बढी उपभोक्ता घरधुरी छन् । कम्पोष्टविनको प्रयोग गरी गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने हो भने फोहोर व्यवस्थापनका लागि अरुको भर पर्नु पर्दैन । यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी फलाउन सकिन्छ । जग्गा जमिन हुनेले मात्र होइन नहुनेले पनि घरको छतमा कौशी खेती गर्न सक्छन् ।

सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार नगरपालिकाको सिक्सलेन सडकमा बिहान मानव साङ्लो सहितको सरसफाई कार्यक्रम आयोजना गरिएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।  

प्रकाशित: २९ फाल्गुन २०७९ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App