३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

'कोशी प्रदेश' नामको विरोधमा भोलि प्रदेश बन्द आह्वान

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै झापा बिर्तामोडमा राँके जुलुस निकालेका छन्।

प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नाम राखिएको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, लिम्बुवान लगायत एक दर्जन जातीय सङ्गठनले शनिबार जुलुस निकालेका हुन्।

प्रदेश संसद्ले एकलौटी ढङ्गले प्रदेशको नामाकरण गरेको भन्दै विरोध स्वरूप आइतबार प्रदेश नम्बर १ बन्दको आह्वान समेत गरेका छन्। पहिचान मेटिने गरी पूर्वको १४ जिल्लामा रहेका विभिन्न जातिहरूलाई धोखा दिएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

प्रदर्शन पछिको कोणसभामा बोल्दै संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले पहिचान कोशी प्रदेशले यस क्षेत्रमा बस्ने आदिवासी जनजातिको भावना समेट्न नसक्ने उल्लेख गरे।

कोणसभामा अधिकांश वक्ताहरूले ऐतिहासिक पृष्ठभूमिका आधारमा पहिचान सहितको प्रदेशको नाम राख्नुपर्ने बताएका थिए। जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरी बिच सामान्य घम्साघम्सी हुँदा दुवै पक्षमा सामान्य घाइते भएका छन्।

प्रदर्शनका क्रममा उनीहरूले भोलिको बन्द अवज्ञा गर्न प्रयत्न गरे अप्रिय घटना घट्ने चेतावनी समेत दिएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७९ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App