१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

दिवंगत नेता भक्तिप्रसाद पाण्डेको पार्थिव शरीरमा पार्टीकाे झन्डा अाेढाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–क्यान्सर रोगबाट सोमबार निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको पार्थिक शरीरमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। माओवादी केन्द्रले मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा दिगंवत पाण्डेको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो।

श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत उपस्थित भएका थिए। प्रधानमन्त्री  दाहाल, एमाले संसदीय  दलका उपनेता सुवाश नेम्वाङ, सभामुख ओनसरी घर्ती, नयाँ शक्ति नेपालकी हिसिला यमीलगायत नेता पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्न पेरिस डाँडा पुगेका थिए।  क्यान्सर रोगबाट पीडित पाण्डेको सोमबार ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। पाण्डेको आजै ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने बताइएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App