१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘आधारभूत अधिकारबाट अझै वञ्चित महिलाहरू’

आधारभूत अधिकारबाट समेत महिलाहरू वञ्चित हुनु परेको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विराटनगर आयोजित कार्यक्रमका सहभागी महिलाहरूले बताएका छन्।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ मनाइएको महिला दिवसको कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले अहिले पनि आधारभूत अधिकारबाट समेत वञ्चित भइरहेको बताए। उनले राजनैतिक क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनु पर्ने बताए।

मन्त्री राज भण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने धारणा राखे। महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्रमा आरक्षण निर्धारण गर्न दलमा दबाब दिनुपर्ने मन्त्री राज भण्डारीले बताए।

महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउनु पर्ने बताउँदै, कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले भनिन्, ‘महिलाहरूलाई शिक्षा, सिप र रोजगारमा विशेष व्यवस्था हुनुपर्छ। सबै क्षेत्रमा महिलाहरूको पहुँच बढाउन जरुरी रहेको छ।’

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिलाहरू आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ। उनीहरूको मौलिक अधिकार जस्तै जन्म दर्ता र नागरिकताविहीन हुनु परेको छ। तीन तहकै सरकारले महिलाहरूको मुद्दालाई विशेष ध्यानमा राख्दै यस्ता समस्याको तुरुन्तै हल गर्नुपर्छ।

सो अवसरमा प्रजातन्त्र दिवसमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७९ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App