५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मिथिलामा आज होली मनाइँदै, १२ बजेपछि मदिरा बेच्न बन्द

मिथिलामा आज होली मनाइएको छ।आज बुधवार मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरुमा होली मनाइएको हो । 

जनकपुरमा मध्यमा परिक्रमाको भोलिपल्ट मात्रै होली मनाउने गरिएअनुसार आज मात्रै होली मनाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले मधेस प्रदेशका धेरै जिल्लाहरुमा आज हर्षोल्लासपूर्वक होली मनाइरहेको बताए ।

 होलीलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा बनाउनुका साथै १२ बजेपछि मदिरासम्बन्धी पसलहरु बन्द गर्न निर्देशन दिएको र जथाभावी होली खेल्नेहरुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि बताए । उनले आज बिहानैदेखि मालपुवा, दही लगायतका मिठा परिकारहरु खाएर होली मनाएको बताए ।  

त्यस्तै स्थानीहरुले सबैकुरा बिर्सिएर एक अर्कामा रङ दलेर होली मनाउँदा खुशी लाग्ने गरेको बताए । उनीहरुले १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट मनाउने परम्पराअनुसार आज होली मनाइरहेको बताए । उनीहरुले होेली पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाउने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्व रहेको बताए । देशका पहाडी भूभागमा भने फागुन २२ गते सोमवार होली मनाइएको थियो ।  

प्रकाशित: २४ फाल्गुन २०७९ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App