१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रामग्राम नगरपालिकामा भएन फोहोरको व्यवस्थापन, दूर्गन्धले स्थानीय मारमा

नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय फोहोरको मारमा परेका हुन्। फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दूर्गन्धित बनाउँदा आफूहरु मारमा परेको स्थानीयको गुनासो छ। खेतीयोग्य जमिनमा सिँधै फोहोर फालिदा स्थानीय किसानहरु समेत मारमा परेका छन्।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साईट बनेको छैन। दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिदै गएको छ। नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदुषण बढेको छ।

दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन् निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहर, मारेका चौपाय गाई, गोरु, कुकुर, बिरालो साथै सबै किसिमका  फोहोरजन्य पदार्थ व्यवस्थापन नहुदा स्वास्थ्यका लागि हानिकारक हुने भएको छ। 

नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ। जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन्। तर नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरु नै दोषी रहेको स्थानीयको आरोप छ।

प्रकाशित: २२ फाल्गुन २०७९ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App