३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी भएको राजमार्ग बन्दको अवस्था ।

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।  

शनिबार हेटौंडा १ तिरतिरेधारा नजिकै भएको दुर्घटनामा हेटौंडा ६ चौघडाका ५० वर्षीय कृष्णप्रसाद सापकोटाको मृत्यु भएको थियो । उक्त दुर्घटना शंकाष्पद रहेको भन्दै मृतकका आफन्तले सत्यतथ्य छानवीनको मागसहित राजमार्ग बन्द गरेका हुन्।  

दिउँसो १२ बजेबाट उनीहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सवारी रोकेका हुन्।‘दुर्घटना भनिएपनि कसैले ठक्कर दिएको हुनसक्ने हाम्रो अनुमान छ।

यस घटनालाई प्रहरीले खासै वास्ता नगरेपछि बाध्य भएर राजमार्ग बन्द गरेका हौं’, मृतकका एक आफन्तले भने, ‘घटनाको सत्यतथ्य छानवीन हुनुपर्यो।दोषीलाई कारबाही हुनुपर्यो हाम्रो माग यत्ति हो ।’ प्रहरीले राजमार्ग खुलाउन खासै पहल गरेको छैन । जिल्ला प्रहरी कार्यालयको गेट अगाडी बाक्लो संख्यामा प्रहरी तैनाथ रहेका छन्। 

शनिबार दिउँसो भैंसेतर्फबाट हेटौंडा आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु भएको थियो । घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भैरहेको जानकारी दिए।  

प्रकाशित: २१ फाल्गुन २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App