४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बहिनीलाई यौनजन्य गतिविधि गराउने दिदी पक्राउ

भक्तपुर प्रहरीले आफनै नावालिक बहिनीसँंगै आफैं संलग्न भई यौनजन्य गतिविधि गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।

भक्तपुर प्रहरी परिसरले बहिनीसँंग यौनजन्य गतिविधि गर्नुका साथै सोको भिडियोसमेत बनाई आफनो पुरुष साथीलाई समेत जिमेलमार्फत पठाएको खुल्न आएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ।  

परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले ती महिलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए। यसअघि जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो।  

तालुक प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० गते प्राप्त भई अनुन्धनन थाले अनुसार यस्तो भेटिएको  परिसले जनाएको छ।  

प्रकाशित: २१ फाल्गुन २०७९ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App