१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

=---काठमाडौँ- स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ।

मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न निर्देशन दिएको हो ।

 स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन भनी पत्र पठाएको छ । सरकारले उपलब्ध गराउने निःशुल्क औषधिकाबारेमा जानकारी नहँुदा सर्वसाधारण ठगिने गरेको गुनासो बढ्दै गएको छ । धेरै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महङ्गो मूल्यमा औषधि किन्नुपरेको थियो । के–के औषधि निःशुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचनाबोर्ड राख्नुपर्ने व्यवस्था गर्न लागिएको र नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २१ कार्तिक २०७३ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App