२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ।

गुलरिया नगरपालिका–१ खैरापुर स्थितबाट प्रहरीले अवैध सामान बरामद गरेको हो। प्रहरीको अनुसार बरामद मालसामान मूल्य  १९ लाख ९४ हजार ६ सय ९० बराबर रहेको छ।

सामान लोड गरि ल्याउँदै गरेको भे १ च ३४०१ नम्बरको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रूपमा सामान ल्याउने कार्यमा संलग्न मधुवन नगरपालिका–८ का २८ वर्षीय हरि चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बरामद सामानमा कपडाहरू, होली प्रयोजनको लागि आवश्यक सामाग्रीहरू र अबीर रहेको छ। प्रहरीले बरामद गरेको गाडीसहित मालसामान र मानिसलाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७९ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App