१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पाटे बाघ मारेको आशंकामा वन चाहर्दै वन कर्मचारी

रौतहटको साझेदारी वनमा स्थानीयले पाटे बाघ मारेको भने सूचनाको भरमा वन कर्मचारीहरू यतिखेर बाघको खोज तलासीका लागि वन क्षेत्रमा चाहारिरहेका छन्।

वन कर्मचारीहरूले केही शिकारीद्धारा हात हतियार प्रयोग गरी बाघ मारेको र त्यस पश्चात् एक खाल्टो खनी पुरेको भन्ने सूचनाका प्राप्त गरेका थिए। सूचना आए पश्चात् कर्मचारीहरू स्थानीयले पाटे बाघ मारेको आशंकामा वन क्षेत्रमा चाहारिरहेका हुन्।

यती खेर वन कर्मचारीहरू वन क्षेत्रमा मृत पाटे बाघको अवशेष खोज्न लागि परेका छन्। 

रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित राजपेडा गाउँको पूर्वतर्फको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको जङ्गलमा जङ्गली जनावर मार्न स्थानीय शिकारीले थापेको जालमा बाघ परेपछि शिकारीले घरेलु हतियार लाठी, भाला, बन्चरो प्रहार गरेर बाघलाई मारेको भन्ने सूचना वनसम्म पुगेपछि वनका कर्मचारीहरूले बाघको खोजी अभियान सुरु गरेका हुन्।

जालमा परेको बाघलाई मार्न खोज्दा केही शिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको र एक जना शिकारी गम्भीर घाइते भएको बताइएको छ। स्रोतका अनुसार बाघको आक्रमणबाट गम्भीर घाइते हुनेमा चन्द्रपुर नगरपालिका ८ बेतौनाका भुवन माझी रहेका छन्।

बाघले आक्रमण गरेको स्वीकार गर्दा आफू लगायत घटनामा संलग्नहरूसमेतलाई कारबाहीमा पर्न सक्ने डरले उनले आफू रुखबाट लडेको बताएका थिए। बाघको आक्रमण पश्चात् तिघ्रामा गम्भीर चोट लागेका उनी बिहीबार साँझ अस्पताल पुगेका थिए। हाल उनको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको स्रोतले बताइएको छ।

शिकारीले घटना लुकाउन जङ्गलमै खाल्टो खनेर मृत बाघलाई पुरेको हुन सक्ने आशङ्का गरिएको छ। जङ्गलमा चोरी, तस्करी, सिकारी हुनु खासै नौलो घटना होइन तर दुर्लभ प्रजातिको बाघ मारेको घटना भने पहिलो पटक सुनेको स्थानीयहरू बताउँछन्।

डिभिजन वन रौतहटका प्रमुख सहितको टोलीले सम्भावित स्थानमा खोजी गरे पनि मारेर लुकाएको बाघ फेला नपरेको कर्मचारीहरूको बताएका छन्।

प्रकाशित: १७ फाल्गुन २०७९ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App