१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित तीनजनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका– ७ का २६ वर्षीय रमेशकुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० वर्षीय नबी हुसेनलाई स्रोत नखुलेको भारतीय रूपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  

विराटनगर– ९ स्थित चुलाचुली मार्गबाट उनीहरूका साथमा रहेको स्रोत नखुलेको भारतीय १ लाख ८३ हजार ७ सय ५० रूपैयाँ बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। शंकास्पद अवस्थामा रहेका उनीहरूमाथि जाँच गर्दा उक्त रूपैयाँ फेला परेको हो।

प्रकाशित: १७ फाल्गुन २०७९ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App