२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषधसहित २ जना पक्राउ

मोरङको सुनबर्षी नगरपालिका र केराबारी गाउँपालिकाबाट लागु औषध ब्राउन सुगर र गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

सुनबर्षी–२ अमरदहबाट सुनबर्षी–५ का २८ वर्षीय उपेन्द्र यादवलाई ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईका अनुसार अमरदहको प्रहरी टोलीले ०१–०२–०४८ प ३९४३ नम्बरको मोटरसाइकलमा जाँदै गरेको यादवलाई शंका लागि चेक गर्दा ब्राउन सुगर र तराजु फेला परेको हो।

पक्राउ परेका यादवका साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैयाँसमेत बरामद भएको एसपी राईले बताए। 

त्यस्तै, केराबारी–६ का ५० वर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्री गर्दै उनलाई पक्राउ गरिएको हो। मगरलाई उनकै घरबाट गाँजा ३ सय ग्रामसहित ६७ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको एसपी राईले जानकारी दिए। लागु औषधसहित पक्राउ परेका बारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।   

त्यसैगरी, विराटनगर महानगरपालिका–१२ र १५ बाट चोरी तस्करी गरेर ल्याइएका कपडा प्रहरीले बरामद गरेको छ। विराटनगर–१२ स्थित पाञ्चाली रोडबाट वडा प्रहरी कार्यालय विराटनगर (क) ले २ सय ७६ थान कुर्था र ११ पिस लेगिज बरामद गरेको हो। विराटनगर–१५ की पूजाकुमारी साहको घरमा चोरी तस्करी गरेर भण्डार गरी राखेको ४ सय ४८ थान लेडिज टप्स बरामद गरेको छ। बरामद गरिएका करिब ३ लाख २५ हजार मूल्य बराबरका कपडाहरु आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App